थ्री स्टार छाड्दै अनिल गुरुङ ब्रिगेड बोइज क्लबमा अनुबन्धित

स्ट्राइकर अनिल गुरुङले रुस्लान थ्री स्टार क्लब छाड्दै ब्रिगेड बोइज क्लब जाने पक्का भएको छ ।

गत सिजन थ्री स्टारबाट खेलेका अनिलले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन र त्यसै कारण थ्री स्टारले उनको सम्झौता नवीकरण नगरेको बुझ्न सकिन्छ ।

तर यस सिजन पुर्व नेपाल राष्ट्रिय टिमका स्ट्राइकर अनिल गुरुङबाट ब्रिगेड बोइज क्लबमा राम्रो प्रदर्शनको अपेक्षा भने दर्शकहरुको हुनेछ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग सनिबार देखि सुरु हुनेछ ।