थ्री स्टार क्लबले भित्र्यायो ३ अफ्रिकन खेलाडी

रुस्लान थ्री स्टार क्लबले नयाँ सिजनको लिगका लागि तीन नयाँ अफ्रिकन खेलाडीलाई अनुबन्धन गरेको छ ।

गत सिजन लिग खेलेका विदेशी खेलाडीलाई बिदाई गर्दै थ्री स्टारले नयाँ सिजन तीन अफ्रिकन खेलाडीलाई क्लबमा अनुबन्धन गरेको हो ।

क्लबले गोलकिपरमा प्रिसो, फरवार्डमा हम्जात र मिडफिल्डमा अलिउलाई अनुबन्धन गरेको हो ।

क्यामरुनका प्रिसोले गत सिजन दाउफिन्स क्लबबाट मोफसलका प्रतियोगिता खेलेका थिए । पहिलो रोजाईका गोलकिपर एलन न्यौपाने नयाँ सिजनका लागि च्यासल लागेपछि थ्री स्टारले प्रिसोलाई क्लबमा ल्याएको हो ।

उनकै प्रर्दशनमा दाउफिन्सले गत सिजन मोफसलको प्रतियोगिताहरु जित्न सफल भएको थियो ।

त्यस्तै, हम्जात र अलिउ नेपाली फुटबलका लागि नयाँ अनुहार हुन् । दुवै नाईजेरियाका खेलाडी हुन् ।