थ्री स्टार क्लबले गर्यो नयाँ सिजनको लागि खेलाडीहरुको घोषणा

ए डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबले नयाँ सिजनको लागि आफ्नो खेलाडीहरुको सुची सार्वजनिक गरेको छ ।

अधिकाम्स मुख्य खेलाडीहरुले क्लब छाडेपछि क्लबले केहि नयाँ र युवा खेलाडीहरु भित्र्याएको छ ।

नेपाल राष्ट्रिय टिमका दुई स्टार खेलाडी बिक्रम लामा र अनन्त तामाङ, उभरिदै गरेका युवा खेलाडी मिक्चेन तामाङले थ्री स्टारबाटै निरन्तरता दिने छ भने गोलकिपर प्रेसो सहित ३ अफ्रिकन खेलाडी भित्र्याएको छ ।

त्यस्तै सुशील राई, रुपेश केसी, अशोक खवास, जीवन गुरुङ आदि खेलाडीहरु क्लबमा छन् ।

एनआरटीका खेलाडी प्रविन कुमार सैंजुलाई थ्री स्टार क्लबले भित्र्याएको छ ।

थ्री स्टार क्लबको पूरा खेलाडी सुची:

थ्री स्टार क्लबले आज प्रेस बिज्ञप्तीमा एडिडासले प्रायोजन गर्ने सार्वजनिक गरे । थ्री स्टारले एडिडासको नेपालको अधिकारिक बिक्रेता रुट्स फेसनसँग सह-प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।

थ्री स्टार क्लबको पहिलो लिग खेल बुधबार १२:३० बजे एन्फा कम्प्लेक्समा रहेको छ ।