थ्री स्टार क्लबको फराकिलो जित; इटालियन बिकासले गरे पेनाल्टी मिस

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सनिवार भएको दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई हराएको छ ।

थ्री स्टार क्लबले आफ्नो यस सिजनको पहिलो लिग खेलमा  पहिलो हाफ मै २-० को अग्रता लिएको थियो ।

खेलमा निशन्त खड्काले फ्री किक मार्फत सान्दार गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका हुन ।

केहि समयमा नै अनन्त तामाङले च्यासलका बिकासलाई फौल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो । बिकासले नै प्रहार गरेको उक्त पेनाल्टी थ्री स्टारका गोलकिपर प्रेसोले सजिलै बचव गरे ।

दोस्रो गोल हेमन्त थापा मगरको क्रसमा अफ्रिकन खेलाडी राफायलले हेडर मार्फत गोल गर्दै २-० को अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३-० को सहज जित दिलाउन मद्दत गरे ।

जितसंगै थ्री स्टार क्लब लिगको शीर्ष स्थानमा रहेको छ भने च्यासल पुछारमा रहेको छ ।