ललितपुर, थ्री स्टार क्लबको अधिवेशन तथा बार्षिक साधाराण सभा ललितपुर स्थित अशोक पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अतिथियतामा उद्घाटन सभा सम्पन्न भएको हो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली बज्राचार्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको समेत उपस्थिति रहेको थियो ।
यस्तै, नेपाल राष्ट्र तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक बिष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, ललितपुर वार्णिज्य संघका अध्यक्ष बिश्वराज बज्राचार्यको उपस्तिथिमा उद्घाटन शत्र भव्यताका साथ सम्पन्न भयो ।
क्लबका पुर्व अध्यक्ष एंव एन्फाका कार्यबहाक अध्यक्ष समेत रहनु भएका स्व. ललित कृष्ण श्रेष्ठलाई यस कार्यक्रम सम्मान गरेको थियो ।
आजै भएको नयाँ कार्यसमितिको निर्वाचनमा क्लबले आफ्नो नयाँ अध्यक्षको रुपमा ज्ञान बहादुर शाक्यलाई निर्विरोध निर्वाचित गरेको छ ।
निर्बत्मान अध्यक्ष अरुणमान जोशीले आफ्नो कार्यकालमा राष्ट्रिय लिगको उपाधि र एएफसी कपको दोस्रो चरणको यात्रा तय गरेको थियो ।
उनले आफ्नो कार्यकालमा सहयोग पुर्याएको क्लबका कार्यसमिती, खेलाडी, पदाधिकारी, समर्थक लगायतलाई धन्यवाद दिए ।
मेयर चिरिबाबु महर्जनले ललितपुरका क्लबहरुलाई निरन्तर आर्थिक सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै, एन्फाका अध्यक्ष पंकज नेम्वाङले क्लबसंग अगामी दिनमा पनि सहकार्य गर्दै जाने बताउनु भयो ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुबेदिले थ्री स्टारले नेपाली फुटबलमा पुर्याएका टेवाको प्रशंसा गरे । उनले क्लबले नेपाली फुटबलमा क्लबले पुराएको योगदान महत्वपूर्ण रहेको बताए ।
नवनिर्वाचित अध्यक्ष ज्ञान बहादुर शाक्यको अध्यक्षता कार्यसमितीको बैठक बसेको थियो । बैठकमा कार्य विभाजन लगायतको विषयमा छलफल भएको थियो ।
पहिलो कार्यसमिती बैठकले अरुण मान जोशीलाई निबर्तमान अध्यक्ष मनोनित गरेको छ ।
त्यस्तै, उपाध्यक्षमा निर्मल रत्न शाक्य, विरेन्द्र लाल श्रेष्ठ, कृष्ण अवाले, जय कृष्ण श्रेष्ठ, रमेश अवाले, राम कृष्ण अवाले रहेका छन । महासचिवमा धर्मेन्द्र राज शाक्य रहदा कोषाध्यक्षमा राम कृष्ण चित्रकार रहेको छ ।
यस्तै, सचिवमा कुल बहादुर महर्जन र निवास गोपाल श्रेष्ठ मनोनीत हुदा सहकोषाध्यमा देवेन्द्र लाल श्रेष्ठ रहेकोछ । सदस्यमा प्रेमबहादुर चित्रकार, रामेश्वर अवाले, हरि महर्जन र मुकेश नकर्मी रहेका छन् ।
यसै कार्यसमितिको बैठकबाट बिधान अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध सम्बर्द्धन समितीको संयोजक तथा सल्लाहकार समितिको सदस्यको रुपमा सन्जिब सिल्पकारलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । समितीले अतिस कृष्ण श्रेष्ठलाई सल्लाहकार समितीको सदस्य रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।
क्लबले एएफसीको मापदण्डअनुसार क्लबलाई थ्री स्टार फुटबल क्लबमा समेत दर्ता गर्ने बताएका छन ।