थ्री स्टार क्लबको नेपाल पुलिस क्लब माथी जित

कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लबले पहिलो जित निकालेको छ ।

सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारलाई जित दिलाउन शुसिल राईले निर्णायक गोल गरे ।

खेलको ८४ औं मिनेटमा सुशन श्रेष्ठको क्रसमा अनमार्क रहेका शुसिलले गोल गरेका थिए ।