थ्री स्टार क्लबका गोलरक्षकले छाडे क्लब

काठमाडौं, आसन्न ए डिभिजन लिगका लागि ब्रिगेड ब्वाज क्लुबले थ्री स्टार क्लबका गोलरक्षक पुर्ण चेम्जोङलाई आबद्ध गरेको छ।

ब्रिगेड ब्वाजले पुर्णलाई लिग दौरानका लागि आबद्ध गरेको हो। गत लिगमा पुर्ण थ्री स्टारको दोश्रो रोजाइको किपर रहेको थियो।

यस्तै, उनले मोफसल प्रतियोगितामा थ्री स्टारको पहिलो रोजाइको किपर बन्न सफल भएका थिए।

ए डिभिजन एन्फाले असोज ३ गते देखि काठमाडौंमा गर्ने तयारी गरेको छ।