थ्री स्टारलाई भवन निर्माण गर्न आर्थिक सहयोग

काठमाडौं, ललितपुर महानगरपालिका वडा नं १६ ले रुस्लान थ्री स्टारलाई आर्थिक सहयोग गरेको छ ।

वडा अध्यक्ष निर्मल रत्न शाक्यले थ्री स्टारका अध्यक्ष अरुण मान जोशीलाई ९ लाखको चेक हस्तान्तरण गरेको हो ।

वडा कार्यलयले थ्री स्टारलाई भवन निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।

बिस २०७२ सालको भुकम्पमा थ्री स्टारको भवन भत्किएको थियो ।

थ्री स्टार क्लब आसन्न ए डिभिजन लिगमा मंगलबजारको प्रतिनिधित्व गर्दै लिग खेल्दै छ ।