थ्री स्टार क्लबको फ्रेन्ड्स क्लब माथी जित, सेमिफाइनलमा प्रवेश

तेस्रो चन्द्रागिरी मेयर गोल्ड कप अन्तर्गत थ्री स्टार क्लबले फ्रेन्ड्स क्लब माथि क्वाटरफाइनलमा जित निकालेको छ ।

खेलमा पहिलो हाफ गोल रहित बराबरी भएको थियो ।

दोस्रो हाफको अन्तिम मिनेटमा रुपेश केसीले उत्कृष्ट गोल गर्दै थ्री स्टार क्लबलाई १-० को जित दिलाएको हो ।

थ्री स्टार जितसंगै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।