थ्री स्टारले भित्र्यायो नयाँ गोलकिपर

काठमाडौं, ललितपुरका क्लब रुस्लान थ्री स्टारले गोलकिपर रोशन गुरुङलाइ अनुबन्ध गरेको छ । आसन्न ए डिभिजन लिगका लागि थ्री स्टारले गुरुङलाइ भित्र्याएको हो ।

रोशनले अघिल्लो सिजन बि डिभिजन क्लब तुसाल युथ क्लबबाट खेलेका थिए ।

उनले ओखलढुंगाबाट आफ्नो फुटबल यात्रा थालेका थिए । त्यस, पछि सानोगौचरणमा सि डिभिजन खेल्दै तुसाल युथ क्लब हुदै थ्री स्टारमा गएका हुन ।

उनले थ्री स्टारबाट खेल्ने सपना पुरा भएको बताए । गुरुङले भने ” म थ्री स्टारबाट खेल्न पाउदा खुशी छु । मैले फुटबल खेल्न सुरु गरे देखि थ्री स्टारबाट खेल्ने सपना थियो ” ।

” मैले यहा सम्म पुग्न धेरै मेहनत गरेको छु र अझै मेहनत गर्दै जाने छु । थ्री स्टारको जर्सि लगाउन पाउदा गर्व महसुस भएको छ “।