थ्री नेशन कप: फाइनल खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक

एजेन्सी, थ्री नेशन कप अन्तर्गतको फाइनल खेलका लागि नेपालले सुरुवाती ११ सार्वजनिक गरेको छ।

त्रिपुरेश्वोर स्थित दशरथ रंगशालामा हुन लागेको फाइनल खेलका लागि नेपालले आफ्नो टिमको घोषणा गरेको हो।

प्रशिक्षक बाल गोपाल महर्जनले शनिबार भएको बंग्लादेशविरुद्धको टिममा केही परिवर्तन गरेको छ। रवि पास्वानको स्थानमा सुनिल बललाई मौका दिएको छ भने अभिसेक रिजालको स्थानमा विशाल राइलाइ सुरुवात गराउने भएको छ।

प्रशिक्षक महर्जनले रणनीतिमा पनि परिवर्तन ल्याएको छ। यस अघिका खेलहरुमा ४-४-२ खेलाउदै आएको थियो। फाइनलमा भने ४-५-१ को रणनीतिमा मैदान उत्रिदै छ।