थ्रीस्टारको टिम घाेषणा, बिमल थ्रीस्टार बाट नखेल्ने

अनिल गुरुङ र रञ्जन विष्टलाई समावेश गर्दै रुस्लान थ्रीस्टार क्लबले ए डिभिजन लिग खेल्ने टिमको घोषणा गरेको छ । अधिकांश राष्ट्रिय टिमका खेलाडीलाई समावेश गर्दै थ्रीस्टारले टिमको घोषणा गरेको हो ।

थ्रीस्टारको टिमका भरपर्दा मिडफिल्डर बिक्रम लामा सहित, निराजन खड्का, सुनिल वल, रुपेश केसी , मिसन लामा, मिक्छेन तामाङ, दिपेश घले, शुशिल राई र दिपसन राउत रहेका छन् ।

त्यस्तै, फरर्वामा अनिल र अन्जनसंगै बुद्ध लामा, सुसन श्रेष्ठ र अजायी मार्टिन र जेनिस प्रजापती छन् । त्यस्तै डिफेन्डरमा अनन्त तामाङसंगै रजिन धिमाल, विजय धिमाल, विष्णु सुनुवार, अशोक खवास, जिवन गुरुङ र पिटर सेगुन छन् ।

गोलकिपरमा एलेन न्यौपानेसंगै पुर्ण चेम्जोङ र अभिषेक बराल छन् । थ्रीस्टारले करिब १० महिना अगाडीनै धेरै खेलाडीलाई लिगकालागि भनेर अनुबन्धन गरेर राखेको थियो ।

करिब ५ बर्षपछि हुन लागेको ए डिभिजन लिग आगामी असोज १३ गतेबाट सुरु हुदैछ ।