थोमस मुलरको जर्मन राष्ट्रिय टोलिमा वाप्सी

एजेन्सी, थोमस मुलर र म्याट्स हमेल्स आउँदो युरो टुर्नामेन्टका लागि जर्मन राष्ट्रिय फुुटबल टोलिमा फर्किने भएका छन्। रिपोर्टका अनुसार जर्मन राष्ट्रिय फूटबल टोलिका प्रशिक्षक योआकिम लोउले सार्वजनिक गरेको २६ खेलाडीको उक्त सुचीमा थोमस मुलर र म्याट्स हमेल्सलाई फर्काइएको छ।

सन् २०१९ मा प्रशिक्षक लोउले उनको भविष्यको योजनामा थोमस मुलरका साथसाथै म्याट्स हमेल्स र जेरोम बोआटेङ नपरेको भनी उनीहरुलाई टोलिबाट हटाइएको थियो।सन्  २०१८ को विश्व कपमा पुर्व बिजेता जर्मनीले आशा अनुरुप प्रदर्शन गर्न सकेको थिएन।
३१ वर्षका बायन म्युनिखका खेलाडी मुलरले आफ्नो राष्ट्रिय टोलिका लागि १०० खेलमा ३८ गोल गर्न सफल भएका छन्। सन् २०१० को विश्व कपमा उनले गोल्डेन बुट पनि जित्न सफल भएका थिए।