थियागो सिल्भाले आफूले सामना गरेको सबैभन्दा कडा विपक्षी खेलाडीको नाम लिए

चेस्लीक स्टार ब्राजिलियन डिफेन्डर थियागो सिल्भाले आफूले सामना गरेको सबैभन्दा कडा विपक्षी खेलाडीको नाम लिएका छन्। उनले फुटबलका सुपरस्टार रोनाल्डो र मेस्सीलाई आफूले सामना गरेको सबैभन्दा कडा विपक्षी खेलाडीको सुचीको शीर्ष स्थानमा राखेका छन्।

चेल्सीको आधिकारिक वेबसाइट सँग कुरा गर्दै उनले आफूले सामना गरेको सबैभन्दा कडा १० विपक्षी खेलाडीहरूको नाम लिए। उनले एन्जेल डी मारिया, किलियन एम्बाप्पे, ड्रोग्बा, रोबर्टो फर्मिनो, रोमारियो, एड्रिआनो, जाल्टन इब्राहिमोभिच, नेमार, रोनाल्डो र मेस्सीको नाम लिए।

“क्रिस्टियानो, उनको व्यावसायिकता, उनको समर्पण र फुटबलको लागि उत्कटताका कारण । उहाँ त्यस्तो खेलाडी हुन् जसलाई म प्रतिबद्धता र उपलब्धिको लागि प्रशंसा र सम्मान गर्छु।

अन्त्यमा उनले मेस्सीको नाम लिए र भने “मेस्सी, किनभने उहाँसँग अतुलनीय गुण र ईश्वर-प्रदान गरिएको उपहार छ। मेरो लागि उहाँ सबैभन्दा उत्कृष्ट हुन्।”