“थियरी हेनरी मेरो जति स्तरमा थिएनन्”

स्यामुएल इटोले आर्सनलका लेजेन्द र बार्सिलोनाका पूर्व सहकर्मी थियरी हेनरी खेलाडीको रूपमा “आफ्नो जतिको स्तरमा नभएको” दाबी गरेका छन्।

हेनरीलाई प्रिमियर लिगको इतिहासमा सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा व्यापक रूपमा हेरिन्छ। फ्रेन्च स्टारले आर्सनलका लागि ३७६ खेलहरूमा २२८ गोल गर्दै, दुई प्रिमियर लिग उपाधि र गनरससँग दुई पटक एफए कप जितेका छन्।

२००७मा हेनरी आर्सनल छोडेर ला लिगा क्लब बार्सिलोनामा गाएका थिए जहाँ उनले स्यामुएल इटोको साथ खेलेका छन् भने हालै इटोले थियरी हेनरी भन्दा आफू उत्कृष्ट रहेको दाबी गर्दै हेनरी खेलाडीको रूपमा “आफ्नो जतिको स्तरमा नभएको” भनेको भनेको एक भिडियो भाइरल हुँदै गएको छ।

“मलाई लाग्छ कि उनी(हेनरी) निकोलस एनेल्काको स्तरमा थिएनन्। थियरी हेनरी राम्रो थिए, तर मलाई धेरै खेलाडीहरू थाहा थियो … मैले अन्य खेलाडीहरूलाई प्राथमिकता दिए,” – इटोले एक अन्तर्वार्तामा बोल्दै भने।

“कुनै पनि रूपमा, उनी मेरो स्तरमा थिएनन्। मैले पाएको भाग्य वा दुर्भाग्य, फ्रान्सको लागि नखेल्नु थियो।

“फ्रान्समा खेल्नेहरूले ७० प्रतिशत बढी पाए तर यो उनीहरू बलियो भएकोले होइन, फ्रान्सले उनीहरूलाई राम्रो सँगै बेचेको कारणले हो।

स्यामुएल इटोको दाबी हाल सामाजिक सञ्जालहरू धेरै भाइरल हुँदै गरेको छ भने धेरैले उनको दाबीको आलोचना पनि गरेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ