“थिआगो सिल्भा, भ्यान डाइक र भिन्सेन्ट कोम्पनीको स्तरमा छन्”

फ्रयान्क लाम्पार्डले चेल्सीमा थिआगो सिल्भाको प्रभावको प्रशंसा गर्दै उनि लिभरपूलका स्टार भर्जिल भ्यान डाइक र म्यानचेस्टर सिटी लेजेन्ड भिन्सेन्ट कोम्पनी जस्ता खेलाडीको स्तरमा रहेको बताए।

३६ बर्षेका सिल्भा गर्मीमा पेरिस सेन्ट-जर्मेनबाट निःशुल्क चेल्सीमा आएका थिए। उनले चेल्सीको ब्याकलाइनलाई बलियो पार्ने उद्देश्यले लाम्पार्डले उनलाई फ्री एजेन्टको रुपमा साइन गरे।

चेल्सीमा उनको प्रदर्शन हाल निकै राम्रो रहेको छ र फ्रयान्क लाम्पार्डले उनको प्रशंसा पनि गरेका छन्।

“आधुनिक दिनमा यस्तो खेल खेल्ने क्षमता प्राप्त गर्न व्यक्तिहरुहरु बीच साझेदारी हुनु पर्छ जसले ती मापदण्डहरु सेट गर्दछन्। “हामी ट्राफीहरू र विशेष गरी प्रिमियर लिगको उपाधि जित्ने प्रयास गर्नका लागि राम्ररी डिफेन्डिंग गर्नुको महत्त्व जान्दछौं तर ति खेलाडीहरुलाई समर्थन चाहिन्छ अगाडी वा पछाडी। जब तपाईं शुरुका खेलहरूमा थिआगोको प्रदर्शनहरू हेर्नुहुन्छ, उहाँ हाम्रो लागि महत्त्वपूर्ण हुन सक्छन तर हामीलाई अझ धेरै चाहिन्छ।