थप एक स्टार मिडफिल्डर साइन गर्ने योजनामा पिएसजी

हाल फ्रेन्च क्लब पिएसजी यस ट्रान्सफर विन्डोमा निकै सक्रिय रहेको छ। हाल सम्म पिएसजीले अच्राफ हाकिमी, जर्जिनियो विज्नाल्डम, जियानलुजी डोनारुम्मा, सर्जियो रामोस जस्ता खेलाडीहरू साइन गरेको छ भने हाल खबर अनुसार पिएसजीको नजर म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोग्बामा रहेको छ।

हालको ट्रान्सफर विन्डो पिएसजीको लागि पक्कै पनि निकै सफल राम्रो रहेको छ। पिएसजीले ३ स्टार खेलाडीहरूलाई फ्री एजेन्टमा साइन गरेको छ भने हाल ठुलो रकममा पोग्बालाई किन्ने पिएसजीको योजना रहेको जानकारी छ।

पोग्बाको मूल्य €६० मिलियन सम्म हुन सक्ने जानकारी रहेको छ जुन पिएसजी तिर्न तयार हुने खबर छ। पिएसजीका कोच मौरिसियो पोचेटिनो पोब्गाको फ्यान हुन् र उनलाई फ्रेन्च क्लबमा भित्राउन पोचेटिनो धेरै इच्छुक छन्।

पोग्बा पनि आफ्नो देश फ्रान्समा खेल्न इच्छुक हुन सक्ने कुरा छ। हाल उनले युनाइटेड सँग सम्झौता विस्तार गरेका छैनन् भने युनाइटेड पनि उनलाई बेच्न खुल्ला हुने खबर छ।

अहिले सम्म पिएसजीले ५ खेलाडीहरू साइन गरेको छ र पोग्बा साइन गर्ने पिएसजीले आफ्नो खेलाडीहरू बेच्न पर्न सक्ने पनि खबर छ।