लियोनेल मेस्सीले एक पटक २०१५ मा गोल गरे पछि दर्शकको अगाडी माफी मागे। ६ पटकका बलोन डि’ओर विजेताले २०१५को क्लब वर्ल्ड कपको फाइनलमा रिभर प्लेटको बिरुद्ध गोल गरे पछि खुसी मनाउन अस्वीकार गरे र गोल गरे पछि माफी मागे।
गोल गरेपछि उनले खुसी मनाउनुको सट्टा आफ्नो हात माथि राखेर लगभग १६,००० रिभर प्लेटका फ्यानहरुको अगाडी माफी मागेका थिए।
D’Onforio(President, River Plate) “Messi is a gentleman. When he scored the goal he raised his hand in apology” pic.twitter.com/YPp80q9LTf
— Argentina Football (@ARG_soccernews) December 21, 2015
आफु न्युवेल ओल्ड ब्वाइजको युवा उत्पादन भए पनि, अर्जेन्टिनाका कप्तानले अर्जेन्टाइन क्लब रिभर प्लेटका समर्थकहरूलाई “दु: खी” बनाएकोमा आफुलाई खराब महसुस लागेको उनले बताए ।
“मलाई थाहा छ त्यो खेलको लागि यात्रा गर्न ती सबै प्रशंसकहरूले कति मेहनत गरेका थिए र उनीहरू कत्ति उत्साहित थिए,” उनले स्पोर्ट मार्फत फिफासँगको एक अन्तर्वार्तामा भने।
“र त्यहाँ म, एक अर्जेन्टाइन जसले गोल गर्दै ती सबैको उत्साहा नष्ट गरे। मैले आफ्नो हात माथि गरे, त्यो माफी मागेकोको एक प्रकार हो।”