त्यो समय जब रोनाल्डोको खेल हेर्न नपाए पछि दर्शकले हाले अदालतमा मुद्दा

क्रिस्टियानो रोनाल्डो फुटबलका सुपरस्टार हुन् र विश्वभर उनको धेरै फ्यानहरू रहेका छन् भने उनको खेल स्टेडियममा हेर्ने धेरैको सपना रहेको छ। दक्षिण कोरियाली फ्यानहरूको यो सपना साकार हुने समय २०१९मा आएको थियो जब युभेन्टस मैत्रीपूर्ण खेल खेल्न कोरिया आए।

कोरियाली फ्यानहरू धेरै उत्साहित थिए रोनाल्डोको खेल हेर्न महँगो टिकट खरिद गर्दै ६५,००० फ्यानहरू स्टेडियममामा पुगे तर ३-३मा अन्त्य भएको युभेन्टस र टिम के-लिगको खेलमा रोनाल्डो बेन्चमा रहे उनले खेल खेलेनन्।

रोनाल्डोको खेल हेर्न नपाए पछि फ्यानहरू धेरै दु: खी र क्रोधित भए। कुरा यहाँ सम्म पुग्यो कि फ्यानहरूले सो खेलको आयोजक विरुद्ध अदालतमा मुद्दा हाल र दर्शकहरूले सो मुद्दा जितेका पनि छन् म्याच प्रमोटर फास्टा इंकले रोनाल्डोले ४५ मिनेट भए पनि खेल्ने भनेर वाचा गरेका थिए। अदालतले आयोजकलाई दर्शकको टिकटको आधा रकम फिर्ता गर्न आदेश दिए।

सो समयमा कोच सर्रीले उनको मांसपेशीमा समस्या रहेको कारण उनले नखेलेको बताए।