त्यो समय जब रियल म्याड्रिड फ्यानहरुले पनि रोनाल्डिन्होलाई स्टैंडिंग ओवेशन दिए

यो फुटबल इतिहासको सबैभन्दा चर्चित पलहरू मध्ये एक रहेको छ। त्यो दिन जब रोनाल्डिन्होले रियल बिरुद्ध गोल गरे र सान्टियागो बर्नबेउ स्टेडियममा रियलका फ्यानहरुले पनि सो गोलको लागि उनलाई सम्मान गर्दै स्टैंडिंग ओवेशन दिए।

नोभेम्बर १९, २००५मा म्याड्रिडमा शनिबारको रात बर्नबेउमा आफ्नो चिर प्रतिद्वन्द्वी बार्सा संगको खेलमा रियल फ्यानहरु रोनाल्डिन्होको खेलबाट निकै नम्र भए। ब्राजिलियन स्टारले आफ्नो उत्कृष्ट प्रतिभा देखाउँदै इकर क्यासिलास बिरुद्ध गोल गरे। सो गोल पछि रियलका फ्यानले समेत सो गोलको प्रशंसा गर्दै उनलाई स्टैंडिंग ओवेशन दिए र उनको गोलको लागि ताली बजाउँदै उनलाई सम्मान गरे। ।

सो खेलमा रोनाल्डिन्होको प्रदर्शन निकै राम्रो रहेको थियो र उनकै मद्दतमा बार्साले रियललाई उसकै होममा पछि पार्दै थियो। उनको प्रदर्शनबाट प्रभावित भएर रियलका फ्यानहरुले आफ्नै चिर प्रतिद्वन्द्वी क्लबका सुपरस्टारलाई स्टैंडिंग ओवेशन दिए।

सो खेल बार्साले ३-०ले जितेको थियो र रियलका फ्यानहरुको रोनाल्डिन्हो प्रतिको सम्मान अझै पनि फुटबल ईतिहासकै एक उत्कृष्ट पल रहेको छ।