बार्साका सुपरस्टार मेस्सीको धेरै उपलब्धि छन् जसले फुटबल फ्यानहरुलाई चकित गरेका छन् तर २०१२मा उनको गोल गर्ने क्रम पक्कै पनि सबै भन्दा उत्कृष्ट रहेको छ। २०१२मा लिओनेल मेस्सीले अविश्वसनीय ९१ गोल गरेको वर्षलाई बिर्सनु गाह्रो छ।
Lionel Messi – Incredible 2012
69 Games
91 Goals
29 Assists— CF Comps (@CF_Comps) November 13, 2020
चौथो पटक बलोन डि’ओर जित्ने क्रममा हामीले देखेका मध्ये सबभन्दा अविश्वसनीय व्यक्तिगत गोल रेकर्ड उनले बनाए । सो क्रममा उनले ४० बर्स पुरानो रेकर्ड तोडे। महान जर्मन स्ट्राइकर गर्ड मुलरको क्यालेन्डर बर्षमा ८५ गोलको रेकर्ड मेस्सीले २०१२मा अविश्वसनीय ९१ गोल गर्दै तोडे।
त्यो बर्स उनले २९ असिस्ट पनि गरेका थिए र त्यो समय उनलाई रोक्न लगभग असम्भव थियो। २०१२मा ९१ गोल गर्ने क्रममा उनको ९ ह्याट्रिक पनि रहेको थियो।
२०१२ पक्कै पनि व्यक्तिगत रुपमा मेस्सीको सबैभन्दा सफल बर्स थियो। ४० बर्स पुरानो रेकर्ड तोडेका मेस्सीको जादूबाट फ्यानहरु पनि चकित भएका थिए।