जब बार्साका खेलाडीलाई रियल म्याड्रिडका फ्यानहरूले दिए स्टैंडिंग ओवेशन

विश्व फुटबलमा ला लिगाका रियल म्याड्रिड र बार्सिलोना एक कठोर चिर प्रतिद्वन्द्वीहरूको रूप प्रसिद्ध रहेको छ र दुई टिम बिचको खेल धेरै पटक तनावपूर्ण हुन गरेको छ भने फ्यानहरू बिच विवाद हुने पनि दुर्लभ होइन।

दुवै क्लबका फ्यानहरू विपक्षी टिमका खेलाडी प्रति आफ्नो घृणा देखाउने गर्छन् तर जब बार्साका रोनाल्डिन्होले रियल विरुद्ध गोल गरे र सान्टियागो बर्नबेउ स्टेडियममा रियलका फ्यानहरूले पनि उनको उत्कृष्ट प्रदर्शनको लागि उनलाई सम्मान गर्दै स्टैंडिंग ओवेशन दिए।

नोभेम्बर १९, २००५मा म्याड्रिडमा शनिवारको रात बर्नबेउमा आफ्नो चिर प्रतिद्वन्द्वी बार्सा सँगको खेलमा रियल फ्यानहरू रोनाल्डिन्होको खेलबाट निकै नम्र भए। ब्राजिलियन स्टारले आफ्नो उत्कृष्ट प्रतिभा देखाउँदै इकर क्यासिलास विरुद्ध गोल गरे। सो गोल पछि रियलका फ्यानले समेत सो गोलको प्रशंसा गर्दै उनलाई स्टैंडिंग ओवेशन दिए र उनको गोलको लागि ताली बजाउँदै उनलाई सम्मान गरे। ।

सो खेलमा रोनाल्डिन्होको प्रदर्शन निकै राम्रो रहेको थियो र उनकै मद्दतमा बार्साले रियललाई उसकै होममा पछि पार्दै थियो। उनको प्रदर्शनबाट प्रभावित भएर रियलका फ्यानहरूले आफ्नै चिर प्रतिद्वन्द्वी क्लबका सुपरस्टारलाई स्टैंडिंग ओवेशन दिए।

सो खेल बार्साले ३-०ले जितेको थियो र रियलका फ्यानहरूको रोनाल्डिन्हो प्रतिको सम्मान अझै पनि फुटबल इतिहासकै एक उत्कृष्ट पल रहेको छ। हाल सम्म ३ बार्सा खेलाडीले मात्र सान्टियागो बर्नबेउ स्टेडियम स्टैंडिंग ओवेशन पाएका छन् उक्त खेलाडीहरू म्याराडोना, रोनाल्डिन्हो र एन्ड्रेस इनिएस्टा रहेका छन्।