त्यो समय जब फ्रयान्क लाम्पार्डले रोनाल्डोलाई रेड कार्ड पाउनबाट बचाए

फुटबलमा फाउल हुँदा खेलाडीहरू रेफ्री सामु विपक्षी खेलाडीलाई कार्ड दिन माग गर्ने गर्छन् जुन अहिलेको समय सामान्य जस्तो भएको छ तर केही खेलाडीहरू छन् जसले विपक्षी खेलाडीलाई कार्ड पाउनबाट बचाएका छन्।

२००९मा म्यान्चेस्टर युनाइटेड र चेल्सी भएको घटनाको अझै पनि चर्चा हुने गरेको छ। सो खेलमा रोनाल्डोको खुट्टाले चेल्सीका स्टार फ्रयान्क लाम्पार्डको खुट्टामा लागेको थियो र पहिले नै पहेँलो कार्ड पाएका रोनाल्डोलाई दोस्रो पहेँलो कार्ड दिन रेफ्री तयार देखिन्थे तर लाम्पार्डले रेफ्रीलाई सँग कुरा गरे र रोनाल्डोले रातो कार्ड पाएनन्।

सो फाउलको लागि चेल्सीलाई रेफ्री होवार्ड वेबले फ्री किक दिए तर रोनाल्डोलाई दोस्रो पहेँलो कार्ड दिनबाट भने लाम्पार्डले रेफ्रीलाई रोके।

लाम्पार्डको सो कार्यको अझै पनि धेरै प्रशंसा हुने गरेको छ। उनको सो स्पोर्ट्समैनशिपलाई फुटबल फ्यानहरूले अझै पनि सम्मान गर्ने गरेको छ। २००९को सो खेल भने चेल्सीले ३-०ले हारेको थियो।