त्यो समय जब चेल्सीका खेलाडीले लिभरपुलका खेलाडी माथि यस्तो किक गरे पछि उल्टो फ्री किक पाए

फुटबलमा धेरै अनौठो घटनाहरू हुने गरेको छ हाल भिडियो रेफ्रीको कारण रेफ्रीहरुलाई केही सहज हुने गरेको छ तर पहिले भिएआर नभएको समयमा धेरै घटनाहरू रेफ्रीको नजरबाट बच्ने गरेको थियो।

२००९मा भए एक घटनाको अझै पनि चर्चा हुने गरेको छ जब चेल्सीका खेलाडीले लिभरपुलका खेलाडी माथि किक गरे तर रेफ्रीले उल्टो चेल्सीलाई फ्री किक दिए ।

प्रिमियर लिगको उक्त खेलमा लिभरपुलका खेलाडी योसी बेनायोन १-०को अग्रता बचाउन टाइम वेस्ट गर्ने क्रममा थिए उनले ९०औँ मिनेट बल कनर फ्ल्याग निर लगेर होल्ड गर्दै बसेको समय चेल्सीका बोसिंगवाले उनलाई पछाडि किक गरे।

बोसिंगवाले बेनायोनको पछाडि किक गरे तर रेफ्रीले चेल्सीलाई नै फ्री किक दिने निर्णय लिएको थियो। सो किक रेड कार्ड योग्य थियो भने रेफ्रीको सो निर्णय प्रति पनि धेरै आलोचना भएको थियो र त्यो समय भिएआर पनि थिएन।

उक्त खेल चेल्सीले २-०ले हारेको थियो, हाल पनि उक्त घटनाको धेरै चर्चा हुने गरेको छ र उक्त समयको भिडियो फेरी भाइरल हुँदै गएको छ।