त्यो समय जब आर्सेनल र युनाइटेड बीचको खेल यति हिंसात्मक भएको थियो

फुटबल खेलमा धेरै पटक खेलाडीहरु बीच झगडा र विवाद हुने गर्छ तर ३० बर्स अघि म्यान्चेस्टर युनाइटेड र आर्सेनल बीचको खेल यति हिंसात्मक भएको थियो कि दुबै टिमको लिगमा अंक कटौती भएको थियो।

आर्सेनल र युनाइटेड बीचको दुश्मनी धेरै पुरानो रहेको छ र दुई बीचको खेल पहिले निकै तनावपूर्ण हुने गर्थ्यो र दुबै टिम लिग जित्ने दाबेदार भए पछि खेलाडीहरुमा नि धेरै दबाब हुने गर्थ्यो।

हाल दुई बीचको खेल धेरै तनावपूर्ण हुने गरेको छैन तर १९९०को अक्टोबरमा जब युनाइटेड र आर्सेनल बीच खेल भयो त्यो खेल फुटबल भन्दा पनि कुस्ती जस्तो बन्न पुग्यो। खेलको दोस्रो हाफ यति हिंसात्मक र तनावपूर्ण भएको थियो कि खेलाडीहरु अन्धाधुन्ध ट्याकल र लात हान्दै गरेको देख्न सकिन्थ्यो।

खेलमा खेलाडीहरुले विपक्षी खेलाडीहरुलाई धकेलेको, लात हानेको र लापरवाह ट्याकल हानेको स्पष्ट रूपमा देख्न सकिन्थ्यो। यो यति खराब थियो कि आर्सेनलका भ्कगडालु खेलाडी मान्ने – टोनी एडम्सले खेलाडीहरूलाई अलग गरेर शान्ति ल्याउन प्रयास गरे र उनको प्रयासले पनि काम गरेन।

सो खेल धेरै तनावपूर्ण भए पछि रेफरी पनि उक्त खेल नियन्त्रण गर्न असफल भएका थिए। उक्त खेल पछि फुटबल संघले दुबै टिमबिरुद्ध कारबाही गरे प्रत्येक क्लबलाई £५०,००० जरिवाना लगाएको थियो भने लिगमा युनाइटेडको १ अंक कटौती भएको थियो भने आर्सेनलको २ अंक कटौती गरिएको थियो।

सो खेल भने आर्सेनलले १-०ले जितेको थियो। यो अंग्रेजी शीर्ष लिग इतिहासमा एक मात्र समय हो जब खेलमा खेलाडीहरुको दुर्व्यवहार को कारण क्लबको लिगमा अंक कटौती भयो।