त्यो समय जब आर्सेनलले सुआरेजको यस्तो हास्यास्पद प्रस्ताव पठाएको थियो

२०१३को ट्रान्सफर विन्डोमा आर्सेनल सुआरेजलाई साइन गर्न इच्छुक रहेको थियो, सो समय सुआरेज लिभरपूलमा थिए र आर्सेनलले उनलाई साइन गर्न प्रस्ताव पनि पठाएको थियो र सो प्रस्तावको रकमको बारे अझै पनि मजाक बन्ने गरेको छ।

आर्सेनलले उनलाई साइन गर्न £४०,००० ,००१ को प्रस्ताव गरेको थियो उक्त प्रस्तावबाट विश्व फुटबल अचम्म थिए भने आर्सेनलले लिभरपूललाई चिढाउन सो प्रस्ताव पठाएको भनेर धेरैको विश्वास थियो। बुझ्न सकिने रुपमा लिभरपूलले उक्त प्रस्ताव बारे रिसको साथ प्रतिक्रिया दिए।

हालै पुर्व आर्सेनल कोच आर्सेन वेङ्गरले सो बारे आफ्नो जीवनीमा लेखेका छन् । उनले स्वीकार गरे कि त्यो समय आर्सेनलले सुआरेजको लागि हास्यास्पद £४० मिलियन प्लस £१को प्रस्ताव पठाएको थियो र उनले सो किन गरेको भनेर खुलाएका छन्।

उनले लेखे: “२०१४मा [२०१३/११४को सिजनमा] हामी लुइस सुआरेजलाई भित्राउन इच्छुक थियौं।

“हामीले खेलाडी र एजेन्टसँग सम्झौता गरेका थियौं। तर एजेन्टले दाबी गरे कि उनको लिभरपूल सम्झौतामा एउटा खण्ड छ: £४० मिलियन भन्दा बढीको प्रस्ताव आए लिभरपूलले सुआरेजलाई बेच्न बाध्य हुने छ र सुआरेजलाई क्लब छोड्नेबाट रोक्न सक्ने छैन।

“यो सत्य हो कि भनेर जाँच्नका लागि हामीले £४०,००० ,००१को प्रस्ताव पठाए जुन £४० मिलियन भन्दा बढी हो। यो व्यंग्यात्मक देखिएको हुन सक्छ, म स्वीकार्छु।

“र त्यो दाबी गलत प्रमाणित भयो, लिभरपूल सुआरेज बेच्न चाहँदैनथे, उनीहरूले सुआरेजलाई राख्न सक्षम थिए र बार्साबाट पहिलेनै राम्रो प्रस्ताव आएको थियो।”