“त्यो ब्याकहिल गोल मेरो क्यारियरको सबै भन्दा सर्वश्रेष्ठ गोल हो”

लुइस सुआरेजले रियल मल्लोर्का बिरूद्ध आफ्नो ब्याकहिल फिनिसलाई अहिले सम्म करियरको सर्वश्रेष्ठ गोलको रूपमा लिएका छन्।

बार्सिलोनाका स्ट्राइकरले मल्लोर्का बिरुद्ध गोलमा मनोलो रेनाको अगाडीबाट ब्ल्याकहिल गर्दै उत्कृष्ट गोल गरे।

“यो मेरो क्यारियरको सर्वश्रेष्ठ गोल हो,” सुआरेजले भने।

“मलाई थाहा थियो कि यो एक गारो कोण थियो र अन्तिम विकल्प उक्त बललाई ब्याकहिल हान्ने थियो।

“म बललाई बाउन्स गर्न खोजिरहेको थिए किनभने गोलकीपरको बिरूद्ध मसँग थोरै मौका थियो।

“[अर्नेस्टो] भल्भर्डेले मलाई बताउँदछन कि कहिलेकाँही म सब भन्दा सजिलो गोल मिस गर्छु र सबैभन्दा गाह्रो स्कोर गर्दछु।”

बार्सिलोनाले उक्त खेल ५-२ले जितेको थियो।