त्यो दिन जब मेसी स्पेनको राष्ट्रिय टोलीको लागि खेल्न नजिक थिए

मेसीले २००४ जुन २९मा पहिलो पटक यु-२० अर्जेन्टीना राष्ट्रिय टोलिबाट खेलेका थिए, तर येस्तो दिन पनि थियो कि उनि स्पेनको राष्ट्रिय टोलिमा खेल्न सक्थे।

२००३मा फिनल्याण्डमा भएको यु-१७ विश्वकपको लागि स्पेनिश फुटबल फेडरेशनले मेस्सीलाइ आफ्नो टिममा समावेश गरौन चाहन्थ्यो र मेस्सीलाइ स्पेनिश टिममा खेल्न सहमत गरौन प्रयास गरेको थियो। तर मेस्सी र उनको बुवाले यो कुरा स्पष्ट गरेका थिए कि मेस्सीले आफ्नो जन्मभूमि अर्जेन्टीनाको लागिनै खेल्ने छन्। मेस्सी आफ्नो राष्ट्रलाइ धोखा दिन चाहँदैनन् थिए।

 

तर, त्यस पछि पनि स्पेन अझै मेस्सीलाइ स्पेनको राष्ट्रिय टोलिमामा खेलेको देख्न चाहन्थ्यो तर मेस्सीको बुवाले अर्जेन्टीनाका कोचलाइ मेस्सी अर्जेन्टीना राष्ट्रिय टोलिको सक्षम भैसकेको र मेस्सीलाइ एक मौका दिन सुझाव गरे र मेस्सीको खेल देखेर उनले मेस्सीलाइ १७ वर्ष को उमेरमै राष्ट्रिय टोलिमा समावेश गरे ।