त्यो तनावपूर्ण खेल जब रेफरीले ३६वटा रातो कार्ड देखाए

२०११मा अर्जेन्टिनाको पाँचौं डिभिजनको खेल फुटबलको सबैभन्दा तनावपूर्ण खेल मध्ये एक हुनु पर्छ- सो खेलमा रेफरीले ३६वटा रातो कार्ड देखाए। खेलमा रेफरीले खेलाडीहरू देखि ब्यवस्थापक, कोच र वैकल्पिक खेलाडीहरुलाई पनि रातो कार्ड देखाएका थिए।

२०११मा अर्जेन्टिनाको पाँचौं डिभिजनको लिगमा क्लेपोल र भिक्टोरियानो एरेनास बीचको खेल यति तनावपूर्ण भएको थियो कि सो खेलका रेफरी ड्यामियान रुबीनोले ३६ रातो कार्ड देखाए।

खेलको क्रममा ठुलो झगडा हुन पुगेको थियो र खेलाडीहरु एक अर्कालाई मुक्का, किक हान्ने हान्दै थिए भने कोच देखि फ्यानहरु पनि संलग्न भए पछि रेफरीले खेलका २२ जना खेलाडीहरुलाई नै रातो कार्ड दिए भने अन्य १४ कोच,वैकल्पिक खेलाडीहरुलाई पनि रातो कार्ड दिए।

सो घटना सम्झँदै फरी ड्यामियान रुबीनोले बीबीसीलाई भने: “हामीले खेल खेलाडीहरुको लागि वाटर ब्रेकको लागि रोके । तर एक जना खेलाडीले प्रशिक्षकलाई मुक्का हान्ने त्यो पनि अवस्था नियन्त्रण बाहिर जान पुग्यो।