पोर्चुगलका स्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डो फुटबलकै एक सफल मात्र नभई आफ्नो देशको सर्वाधिक गोलकर्ता पनि हो ।
उनले ४ फरक देश/क्लबमा आफ्नो ब्यवसायिक फुटबल खेलेका छन् र सबैमा उनले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् ।
उत्कृष्ट शारीरिक बनावट र मेहनती रोनाल्डो फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बन्न धेरै नजिक रहेको छ । रोनाल्डोले आफ्नो देश पोर्चुगलका लागि सर्वाधिक १०२ गोल गरेका छन् ।
हामी त्यो खेलको स्मरण गराउन चाहन्छौं जुन खेलमा रोनाल्डोले २०१० मा यस्तो उत्कृष्ट प्रतिभा देखाउदै गोलको लागि गरेको प्रहार आफ्नै टिममेटले विफल पारीदिए ।
Cristiano Ronaldo has scored over 750 goals in his career, including more than 100 for Portugal.
This could have been one of his best… but Nani was offside on the goal line 😳
(via @selecaoportugal)pic.twitter.com/HU8sMfc9bk
— B/R Football (@brfootball) November 20, 2020
यो खेल २०१० को त्यस बेलाको बिश्व च्याम्पियन स्पेनबिरुद्दको खेल हो, जसमा पोर्चुगलले मैत्रीपुर्ण खेलमा ४-० ले जित हात पारेको थियो ।
One of the best disallowed goals ever?
Ronaldo scored a cheeky scoop after he'd chopped inside the defender… well at least he thought he had. Nani did his best to steal the limelight, heading it on the line when he was offside.
Thankfully Portugal did go on to beat Spain 4-0. pic.twitter.com/YDVH1SPd30
— Classic Football Shirts (@classicshirts) November 13, 2020
रोनाल्डोले उत्कृष्ट प्रतिभा देखाउदै गरेको गोलमा प्रहार पोर्चुगलका टिममेट नानीले (जो अफसाइड पोजिसनमा रहेका थिए) हेड गर्दै गोल गर्न खोज्दा रेफ्रीले झन्डा उठाउदै अफसाइडको संकेत गरे । नानीले त्यो रोनाल्डोको प्रहार हेड नगरेको भए गोल हुने पक्का थियो ।
खेल पछि नानीले रोनाल्डोसंग माफी मागेको पनि बताए । “मैले म अफसाइड पोजिसनमा थिए भनेर थाहा थिएन, त्यसैके मैले बललाई छुए । मैले रोनाल्डोसंग माफी मागीसके । मैले त्यस्तो उत्कृष्ट गेम प्लेय बिगार्नु हुने थिएन ।”