त्यो एक निर्णय जुन सर एलेक्स फर्गुसन अहिलेसम्म पनि पछुताउछ

पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले म्यान्चेस्टर युनाइटेडबाट २७ वर्षको म्यानेजिरियल क्यारियरमा सबै उपाधी जिते ।

तर सर एलेक्स फर्गुसन स्वीकार्छन् कि सबै कुरा सोछे जस्तो राम्रो भएन र उनी करिब एक दसक अघि गरेको निर्णयमा पछुताउछ ।

चेल्सीविरुद्ध २००८ मा च्याम्पियनस लिगको फाइनल खेलमा जित हात पारे बावजुद, उनी त्यस दिन खेलाडी चयनको दौरान टाउको दुखाइ भएको स्वीकार्छन् ।

बार्सिलोनाविरुद्ध सेमिफाइनलको दुबै खेलमा सुरुवाती ११ मा परे बापत कोरिएन खेलाडी पार्क जि-सुङ फाइनल खेलको टिममा समेत पर्न सफल भएको थिएन ।

“च्याम्पियनस लिग जित्नु एकदमै सान्दार कुरा हो,” फर्गुसनले यमयु टिभीलाई भने ।

‘त्यो एकदमै राम्रो खेलाडीहरु को समुह थियो, एकदम उत्कृष्ट मनोबल भएको राम्रो टोलि थियो ।

‘मेरो २००८ फाइनलको समस्या, पार्क जि-सुङलाई टिमबाट बाहिर रख्नु, जुन म अहिलेसम्म पछुताउछु ।

‘पार्कले निकै ठूलो भूमिका खेलेको थियोे र फाइनलमा पुगेपछि येहि समस्या हुन्छ । कुनै खेलाडी फाइनल खेलमा टिमबाट बाहिर रहन योग्य हुदैन, सबै टिममा पर्न योग्य हुन्छ ।’

रायन गिग्स, नानी, एन्डर्सन सबै बेन्चबाट मैदान छिरेका थिए, तर पार्क बैकल्पिक खेलाडीको रुपमा समेत बेन्चमा थिएन ।

नियमहरू अहिले परिवर्तन भएका छन्, अब ११ बैकल्पिक खेलाडीहरू राख्न पाउनेछन् ।