स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले कोपा डेल रेको राउन्ड अफ ३२ मा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
एट्लेटिकोले अग्रता गुमाउँदै तेस्रो डिभिजनको क्लब कल्चरल लियोनेसाबिरुद्ध २-१ ले पराजित हुन पुगेको हो ।
खेलको ६२ औं मिनेटमा एट्लेटिकोले कोरेरको गोलबाट अग्रता बनाएको थियो ।
८३ औं मिनेटमा जुलिएनले गोल गर्दै कल्चरल लियोनेसले खेल बराबरीमा ल्यायो ।
बराबरी भएपछि अतिरिक्त समयमा गएको खेलको १०८ औं मिनेटमा सर्जियोले गोल गर्दै कल्चरल लियोलेसले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराउदै अर्को चरण प्रवेश गरेको हो ।