तेस्रो एकदिबसियमा वेस्ट इन्डिजको उत्कृष्ट जित, भारत ४३ रनले पराजित

पहिलो खेलमा हार बेहोर्दै दोस्रो खेलमा टाइ सम्म पुर्याएको वेस्ट इन्डियन टोलिले तेस्रो खेलमा भारतलाइ ४३ रनान्तरले पराजित गरेको छ।

टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको भारतिय टोलिले ५० ओभरमा २८४ रनको बिजयी लक्ष्य पाएको थियो। वेस्ट इन्डिजका लागि शाही होपले फेरि अर्को शानदार पारी खेले। ११३ बलको सामना गर्दै उनले ९५ रनको उत्कृष्ट पारी खेले।त्यस्तै उच्च लयमा देखिएका हेट्म्यरले २१ बलको सामना गर्दै ३७ रन जोडे।

त्यस्तै अश्ली नर्सले राम्रो फिनिस गरे। उनले २२ बलको सामना गर्दै चार चौका र दुई छक्काको मद्दतले ४० रन बनाए , उनको यो उत्कृष्ट पारीले गर्दा २४०-२५० रनमा समेटिने देखिएको विन्डिजको पारी २८३ रनमा गएर टुङ्गियो । भारतका लागि जसपृत बुम्राहले १० ओभरमा ३५ रन खर्चंदै चार विकेट चट्काए।

२८४ रनको लक्ष्य पछ्याएको भारतले आफ्ना दुबै ओपनर रोहित र धवनलाइ सस्तैमा गुमायो। शानदार लयमा रहेका बिराट कोहली लगतार चौथौ शतक बनाए। उनले ११९ बलको सामना गर्दै १०७ रनको पारी खेले। उनको शतक बाहेक कुनै अरु ब्याट्सम्यानले राम्रो इन्निङ्ग नखेल्दा भारतले हार बेहोर्न पुगेको हो।

वेस्ट इन्डिजका पार्ट टाइम बलर मार्लोन सेमुएल्स्ले ३ बहुमुल्य विकेट चट्काए।