तेश्रो खेलमा पनि सन्दिप चम्किए, खेल नतिजाबिहिन

युएईमा जारि टि-१० लिग प्रतियोगिता अन्तर्गत सन्दिप लामिछानेको टिम केरला नाइट्स र ब्रेण्डन म्याकलम कप्तानीको राजपुत्स बीचको खेल नतिजाबिहिन टुंगिएको छ।

खेलमा टस जितेर केरलाले राजपुत्सलाई ब्याटिंग गर्न निम्त्याएको थियो। राजपुत्सले ९ ओभरको समाप्तिमा ९४ रन बनाएर ५ विकेट गुमाउदा वर्षाको कारण खेल रोकिन पुग्यो र पुनः सुचारु हुन नसक्दा नतिजा बिहिन हुनपुग्यो।

राजपुत्सको इनिंगमा लौरी इभान्सले अविजित ३८ रन ( १९ बल, २ चौका र २ छक्का ) बनाएर ब्याटिंग गरिरहेका थिए भने कप्तान म्याकलम र रोस्सोउ २१ रन बनाएर आउट भएका थिए। केरलाको लागि सन्दिप लामिछाने र फाबियन एलेनले समान २/२ विकेट र मोहम्मद नाबेदले १ विकेट लिए।

प्रतियोगितामा सानदार लयमा रहेका सन्दिपले २ महत्वपूर्ण विकेट लिंदै पुनः आफुलाई उत्कृस्ट प्रमाणित गरेका छन्। खेलमा पहिलो ओभर बलिङ्ग गर्न आएका सन्दिपले आफ्नो लयलाई कायम राख्दै विकेटको साथै किफायती बलिङ्ग समेत गरे।