तीन पटक ए डिभिजन लिग जितेको संकटा क्लबले भित्र्याउन सकेनन् स्टार खेलाडी

संकटा तीन पटकको ए डिभिजन लिग च्याम्पियन हो । दुइ दिनपछि सुरु हुने ए डिभिजन लिगको तयारीमा रहेको संकटा संग स्टार खेलाडी छैनन् । तर पनि संकटा भन्छ हामी लिगको उपाधी दावेदार टिम हौं ।

संकटाले लिगका लागि भनेर कुनैपनि स्टार खेलाडी अनुबन्ध गरेको छैन । तर पनि टिम यति विश्वस्त छ की उसको टिममा युवा र अनुभवी खेलाडीको संयोजन छ । अघिल्लो सिजनमा देशमा भएका विभिन्न नौ प्रतियोगितामा ५ वटाको फाइनलमा पुगेको संकटाले यसपटकको लिगमा स्टार खेलाडी भन्दापनि सेट पिसका खेलाडीलाई विश्वास गरेको छ ।

संकटाले तीन पटक एक डिभिजन लिगको उपाधि जितेपनि पछिल्लो ३ दशकदेखि टिम त्यसको नजिकपुग्न सकेको छैन । जहिलेपनि संकटा लिगको मध्यक्रममा नै बस्यो । यो विचमा क्लव एक पटक राष्ट्रिय लिगमा दोस्रो स्थानमा रहदा एक पटक रेलिगेसनमा पनि पर्यो । करीव पाँच बर्षपछि हुनलागेको ए डिभिजन लिगमा राम्रा खेलाडी अनुबन्ध गरेर उपाधिको लक्ष्य राख्नु भन्दा फरक सोच बनाएको छ ।

टिमका प्रशिक्षक सल्यान खड्की भन्छन, हामीसँग स्टार खेलाडी नभएपनि हाम्रो टिममा युवा र सेटपिसका खेलाडी छन । जसले मनाङ, थ्रीस्टार जस्ता टिमलाई हराउन पनि सक्छन । पछिल्लो सिजन नेपालमा भएका सबै प्रतियोगिता खेलेका खेलाडी टिममा भएकाले यो पटकको लिगमा राम्रो गर्ने विश्वास मैलै लिएको छु ।