तीन खेल लगातार हारेको टोट्टेन्ह्याम वेस्ट ब्रोमविरुद्ध सहज जित निकाले

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ह्युङ मिन सनले एक एक गोल गरे ।

खेलको ५४ औं मिनेटमा केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

जितसंगै टोटेनहमले सातौं स्थानमा उक्लिएको छ ।

टोटेनहमले २२ खेलमा ३६ अंक जोडेको छ ।

वेस्ट ब्रुम १२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।