ताजा खबर: अन्जन बिष्टले छाडे मनाङ

मनाङ मर्स्याङदी क्लबका स्टार खेलाडी अन्जन बिष्टले क्लब छोड्ने भएका छन् । उनको आफ्नो सामाजिक संजाल मार्फत क्लब छोड्ने घोषणा गरेका हुन् । लामो समय देखि मनाङबाट खेल्दै आइरहेका बिष्टले आफ्नो फेसबुकमा यस्तो पोस्ट लेख्दै क्लबलाई बिदाई गरेका छन्:

सम्पूर्ण मनाङ मर्स्याङ्दी क्लबलाई माया गर्ने, मलाई माया गर्ने MMCians लाई नमस्कार । 🙏🏻🙏🏻

आज निकै भावुक हुँदै तपाईहरू बिच निकै दुखका साथ केही उद्घोष गर्दैछु ।

सानोमा फुटबल खेल्न सुरू गर्दा देखी नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिए र पहिलो पल्ट मनाङको जर्सी लगाएर खेल्दा निकै भाग्यमानी ठानेको थिए, विगतका केही बर्षहरूमा बिना स्वार्थ यस क्लबबाट खेल्दै, पछिल्लो केही बर्ष यता कप्तानी सम्हाल्ने मौका पाउदै आएको थिए र हरेक पल आफू भन्दा क्लबलाई माथि राख्दै हरेक परिस्थितिमा क्लबलाई कसरी नेपालको नं १ बनाउने भनेर दिनरात मेहनत गर्दै आएको थिए, कति समय अन्य क्लबबाट निकै राम्रो प्रस्तावहरू आए पनि क्लब र क्लबलाई मनै देखी माया गर्ने समर्थकको मायाले गर्दा यस क्लबबाट अन्त जाने सोच कहिल्यै मनमा आएन ।

जुन क्लबलाई मनदेखी आफ्नो दोस्रो घर सोचेर अगाडी बढेको थिए, त्यसमा केही व्यक्तीहरूले क्लबलाई आफ्नो स्वार्थ अनुसार चलाउन खोजेपछि पटक पटक राम्रो हुन्छ की सोच्दा समेत व्यक्तिगत स्वार्थ अनुसार क्लबको हित भन्दा आफु अनुसार क्लबलाई चलाउन खोजेपछी, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछी बाध्य भएर दुःखी मनका साथ यस क्लब सँगको सहकार्य टुंग्याउने निधो गरेको छु ।😓😓

यस क्लब र मलाई सदैव माया गर्ने हौसला बढाउने सम्पूर्ण Manang Marshyangdi Club का शुभचिन्तकहरूलाई हृदय देखी नै धन्यवाद व्यक्त गर्न चाहान्छु ।😍🙏

साथै मलाई विश्वास गरेर यस क्लबमा खेलाडीको रूपमा आबद्ध गरी कप्तान सम्मको जिम्मेवारी दिनुहुने मनाङ मर्स्याङ्दी क्लबलाई आभार प्रकट गर्न चाहान्छु ।🙏🙏

क्लबमा आबद्ध हुँदा सदैव आफ्नो १००% दिएर खेलेको जस्तो लाग्छ, केही कमीकमजोरी भए माफी माग्दछु ।🙏🏻

मनाङ मर्स्याङ्दी क्लबलाई जहिले आफ्नो घर मानेको छु, यो क्लब मेरो मनमा सधैँ हुनेछ, राम्रो सँग फुटबल बुझ्ने, क्लब र खेलाडीको हितमा काम गर्ने मान्छे यस क्लबको कार्यसमितिमा आए म भविष्यमा पुनः यस क्लबमा जोडिने ढोकाहरू खुल्लै रहेको कुरा पनी जानकारी गराउन चाहान्छु ।

अन्तमा आज म जे छु जस्तो छु यो सबै हजुरहरूको माया र हौसलाले गर्दा मात्र हो, मेरो फुटबल यात्रामा सदैव तपाईहरूको माया र सदभावको खाँचो रहनेछ, आशा छ मेरो बाध्यतालाई तपाईहरू सम्पूर्णले बुझ्नुहुनेछ ।
-अन्जन बिष्ट AB14
😓#bestwishesmmc⚪️🔵