तपाईं एकदम ‘महान’ हुनु हुन्छ – पेनाल्टी मिस गरे पछि नेयमारले सुवारेजलाइ भने

कोपा अमेरिकामा पेरु बिरुद्ध पेनाल्टी सुटाउटमा लुइस सुवारेजले मिस गरे पछि उरुग्वे बाहिरिएको हो ।

टाइब्रेकरको पहिलो प्रहारमा नै पेरुका गोलरक्षक गलेसेले सुवारेजको प्रहार विफल पार्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि दुवै तर्फका खेलाडीहरूले कुनै गल्ती गरेनन् ।

खेल हारे पछि लुइस सुवारेजले आफ्नो आँसु थाम्न सकेन र उनलाइ टिममेट्सहरुले सम्हाली रहेको थियो ।

पुर्व बासिलोनाका खेलाडी नेयमारले सुवारेजलाई समर्थन गर्दै उनको हौसला बढाएका छन ।

उनले तपाईं एकदम ‘महान’ हुनु हुन्छ भन्दै इन्स्टाग्राम स्टोरीमा येस्तो लेखे:

“Get up,” the injured Brazil forward wrote on his Instagram story, alongside a video of Suarez crying.

“You are very great, brother. I love you friend.”