तनावपूर्ण खेलमा बार्सिलोनाको बराबरी

एजेन्सी । बार्सिलोना ला लिगाको खेलमा शहरी प्रतिद्वन्दी इस्पान्योलसंग बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलमा बार्सिलोना र इस्पान्योलले १-१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफको सुरुवाती समयमा अग्रता लिएको बार्सिलोना जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन पर्यो ।

खेलको ६ औं मिनेटमा कर्नरबाट आएको बलमा डिफेन्डर क्रीस्टियन्सनको पासमा अलन्सोले हेड गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोना दोस्रो हाफमा आक्रमक प्रदशनलाई निरन्तरता दियो ।

तर, खेलको ७२ औं मिनेटमा जोसेलुले पेनाल्टी मार्फत गोल गर्दै इस्पान्योललाई बराबरीमा ल्याए ।

७७ औं मिनेटमा बार्सिलोनाका अलाबाले दोहोरो पहिलो कार्ड खादै मैदान छाडेका थिए । त्यसको, केही मिनेटमा इस्पान्योलका भिनिसियस सोजाले पनि दोहोरो कार्ड पाउदै बाहिरिएका थिए ।

यो बराबरी पश्चात् बार्सिलोना तालिकामा शिर्ष स्थानमा यथावत रहेको छ । उसले १५ खेलमा ३८ अंक जोडेको छ । यस्तै, रियलको पनि १५ खेलबाट ३८ अंक छ ।

इस्पान्योलले १५ खेलमा १३ अंक जोड्दै १६ औं स्थानमा उक्लिएको छ ।