ड्रिम टिम : मेस्सी, नेयमार र एमबाप्पे पर्दा रोनाल्डो अटाएनन्

बुधबार राति समूह चरणका अन्तिम खेल सकिएसँगै गोल डटकमले च्याम्पियन्स लिगबाट समूह चरणको ‘ड्रिम टिम’ सार्वजनिक गरेको छ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी, पिएसजीका स्टार फर्वाडर नेयमार र केलियन एमबाप्पे लगायतका खेलाडी ‘ड्रिम टिम’ मा पेरका छन् ।

तर, यसै सिजन रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन् । उनीसँगै यसै बर्षको फिफा बर्ष खेलाडी र बालोन डी’ओर विजेता रियल मड्रिडका लुका मोड्रिच पनि टिममा अटाएका छैनन् ।

गोल डटकमले सार्वजनिक गरेको ‘ड्रिम टिम’ को अग्रपंतीमा मेस्सी, नेयमार, एमबाप्पे र वायर्न म्युनिखका रोबर्टो लेवान्डोस्की रहेका छन् । त्यस्तै गोलकिपरमा क्लब बर्गका इभान होर्वेथ रहेका छन् ।

डिफेन्डरमा वायर्न म्युनिखका जोसुवा किमिच, शाल्केका मतिजा नस्टसिक, म्यानचेस्टर सिटीका एम्रिक लापोर्टे र बार्सिलोनाका जोर्डी अल्बा रहँदा मिडफिल्डरमा बोरुसिया डर्टमण्डका एलेक्स विट्सेल र युभेन्ट्सका मिरालिम पजनिक परेका छन् ।

यस पटक साविकको विजेता रियल मड्रिड, युभेन्ट्स, बार्सिलोना, म्यानचेस्टर सिटि, म्यानचेस्टर युनाइटेड, लिभरपुल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) लगायतका ठुला क्लबहरुले नकआउट चरणमा स्थान बनाएका छन् ।