म्यान्चेस्टर युनाइटेडको खेलाडी माथी डोर्ट्मण्डको नजर

MANCHESTER, ENGLAND - MARCH 02: Diogo Dalot and Victor Lindelof of Manchester United walk off after the Premier League match between Manchester United and Southampton FC at Old Trafford on March 02, 2019 in Manchester, United Kingdom. (Photo by John Peters/Man Utd via Getty Images)
एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका फुल ब्याक डियोगो ड्यालट माथी जर्मन क्लब बोरुसिया डोर्ट्मण्डको नजर परेको छ। रिपोर्टका अनुसार ड्यालट भित्र्याउनका निम्ति हाल डोर्ट्मण्ड कुराकानी गर्दै छन्।

२२ वर्षका पोर्चुगिज राइट ब्याक ड्यालटले गत सिजन इटालियन क्लब ए.सि मिलानमा लोनमा बिताएका थिए। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेड पनि राइट ब्याककै खोजीमा रहेकाले र क्लब इङलिस राइट ब्याक केइरन ट्रिपियर भित्र्याउन पनि असफल रहेकाले युनाइटेडले उनलाई बेच्ने सम्भावना भने न्यून देखिन्छ।
२२ वर्षका पोर्चुगिज राइट ब्याक ड्यालटले युनाइटेडका लागि ३५ खेल खेलेका छन् भने ए.सि मिलानका लागि ३३ खेल खेलेका छन्। यस सिजन युनाइटेडका प्रथम रोजाईका राइट ब्याक आरोन वान बिसाका नै रहने देखिन्छ।