डोर्ट्मुण्डविरुद्ध सिटिको संघर्षपुर्ण जित

एजेन्सी, युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको मैदानमा केभिन डी ब्रुइनले १९ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो ।

८४ औं मिनेटमा डर्टमुन्डका मार्को रियुसले गोल गर्दै खेल बरारबरीमा ल्याएका थिए ।

तर निर्धारित समय सकिन केही समय बाँकी रहेका बेला सिटीका लागि फिलिप फोडेनले गोल गरेपछि सिटी २–१ गोल अन्तरले विजयी भयो ।