डोना थ्री स्टारबाट ए डिभिजन लिग खेल्ने

काठमाडौं, ललितपुरे क्लब थ्री स्टारले डोना थापालाई अनुबन्ध गरेको छ । आसन्न ए डिभिजन लिगका लागि थ्री स्टारले डोनालाई भित्राएको हो ।

मनाङ मर्स्याङदिबाट ए डिभिजन खेल्दै आएका डोना आगामी सिजनका लागि थ्री स्टारबाट खेल्ने भएको छ ।

जेठमा सम्पन्न नेपाल सुपर लिगमा डोना ललितपुर सिटि एफसीबाट खेलेका थिए ।

उनले यस अघि बि डिभिजन क्लब श्री भगवती क्लबबाट खेलेका थिए ।

थ्री स्टारमा डोना दोश्रो नया अनुहार रहेको छ क्लबले यस अघि आयुस घलानलाई अनुबन्ध गरिसकेको छ ।