डोनारुम्मा पिएसजीमा आबद्ध

एजेन्सी, पिएसजीले इटालियन गोलरक्षक जियालुगि डोनारुम्मालाई अनुबन्धित गरेको सार्वजनिक गरेको छ। उनले ५ बर्षको लागि सम्झौता गरेको छ। उनी २०२६ सम्म क्लबमा रहनेछ।

२२ बर्षिय गोलरक्षक इटालियन क्लब एसि मिलानबाट पिएसजी गएका हुन। युवा अवस्थामै मिलानको पोष्ट सम्हालेका डोनारुम्माले २१५ खेल खेलिसकेका छन।

त्येस्तै, इटाली राष्ट्र टिमका लागि १७ बर्षकै कलिलो उमेरमा फ्रान्सविरुद्धको खेलमा डेब्यु गरेका थिए।

युरो कप २०२० सेमिफाइनलमा स्पेन र फाइनल्मा इंग्ल्यान्डविरुद्ध टाइब्रेकरमा पेनाल्टी बचाउदै उनी युएएफा युरो २०२० को `प्लेयर अफ डि टुर्नामेन्ट´ घोषित भए।