डोनारुमा भित्र्याउने बार्सिलोनाको तयारी

एजेन्सी, स्पेनिश क्लब बार्सिलोना इटालियन गोलकिपर जियान्लिगुइ डोनारुमा भित्र्याउने डौडमा छिरेको छ। रिपोर्टका अनुसार डोनारुमाका एजेन्ट मिनो रायोला हाल बार्सिलोना सँग कुराकानीमा छन्।

ए.सि मिलानका गोलकिपर डोनारुमा फ्री ट्रान्सफरमा अरु क्लब जान स्वतन्त्र भएकाले पनि धेरै क्लब उनलाई भित्र्याउन इच्छुक छन्। रिपोर्टका अनुसार पीएसजी र युभेन्टसका साथसाथै बोरुसिया डोर्ट्मण्ड पनि २२ वर्षका डोनारुमालाई भित्र्याउने डौडमा छन्। उन्ले १६ वर्ष र २४२ दिनका उमेरमा ए.सि मिलानका लागि डेब्यु गरेेेका थिए भने १७ वर्ष र १८९ दिनका उमेरमा इटालीका लागि डेब्यु गरेेेका थिए।
डोनारुमालाई भित्र्याउने डौडमा बार्सिलोना अग्रस्थानमा रहेतापनि डोनारुमा बार्सिलोनामा आएको खण्डमा पनि बार्सिलोनाका गोलकिपर मार्क-आन्ड्रे टेर स्टेगेननै क्लबको पहिको रोजाइका गोलकिपर हुनेछन्। यसले गर्दा पनि डोनारुमाले बार्सिलोना नरोज्ने सम्भावना बलियो देखिएको छ।