डे हेया पठाइ ओब्लाक भित्र्याउने युनाइटेडको तैयारी

एट्लेटिको मड्रिडका गोलकिपर यान ओब्लाक अर्को सिजन म्यान्चेस्टर युनाइटेडमा खेल्न सक्ने संभावना देखिएको छ। रिपोर्टका अनुसार युनाइटेड एट्लेटिको मड्रिडमा डेविड डे हेयालाई पठाइ ओब्लाक भित्र्याउने प्रस्ताव गर्ने सोचमा छ।

२८ वर्षका स्लोभेनियन गोलकिपरको मुल्य ७० मिलियन पाउन्ड रहेको मानिएको छ। यो सम्झौता भएको खण्डमा यो एउटा स्वाप डिल मात्र नभई युनाइटेडले केही थप रकम पनि तिर्ने आंकलन गरिएको छ। युनाइटेडमा २४ वर्षका इङलिस गोलकिपर डिन हेन्डरसन पनि अनुबन्धित रहेको हुँदा यो सम्झौताले मुर्तरुप लिने संभावना भने न्यून देखिएको छ।
३० वर्षका स्पेनीश गोल्किपर डे हेया एट्लेटिको मड्रिडबाटै २०११ मा म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित भएका थिए। उन्ले एट्लेटिको मड्रिडका लागी ८४ खेल पनि खेलेका थिए। म्यान्चेस्टर युनाइटेडका लागि भने उन्ले ४४१ खेल खेली सकेका छन्।