डे लिग्टको युभेन्टस आएर पछुतो, बार्सिलोना जान इच्छुक

एजेन्सी, २१ वर्षका युवा डच डिफेन्डर म्याथिस डे लिग्ट युभेन्टसमा खुसी देखिदैनन् । रिपोर्टका अनुसार उनी युभेन्टस आएर पछुतो मानिरहेका छन् र बार्सिलोना जान इच्छुक छन्।

उनी २०१९ मा करिब ८५.५ मिलियन युरोमा डच क्लब आयाक्सबाट युभेन्टसमा अनुबन्धित भएका थिए। रिपोर्टका अनुसार उनी युभेन्टसमा अनुबन्धित हुनु अघी बार्सिलोना पनि उन्लाई भित्र्याउन इच्छुक थियो तर उनले बार्सिलोनाको सट्टा युभेन्टसमा खेल्न रोजेका थिए। आहिले उनी आफ्नो यो निर्णयलाई लिएर पछुतो मानी रहेका छन्।
बार्सिलोनामा पनि हाल एक युवा डिफेन्डरको आवश्यकता देखिएता पनि उनी बार्सिलोना जाने संभावना भने न्यून देखिन्छ। डे लिग्ट २०२४ सम्म युभेन्टसमा अनुबन्धित छन् र हाल बर्सिलोना उनलाई उच्च रकम तिर्न सक्ने आर्थिक अवस्थामा छैन।