डेविड भिल्ला माथि यस्तो गम्भीर आरोप

पूर्व न्यूयोर्क एफसी इन्टर्नले डेविड भिल्ला माथि गम्भीर आरोप लगाएकी छिन्। न्यु योर्क सिटी एफसीका पूर्व इन्टर्नले बताए कि उनि माथि डेभिड भिल्लाले यौन दुर्व्यवहार गरेका थिए, र क्लबले आफ्नो गुनासो गम्भीरताका साथ नलिएको पनि उनले बताइन्।

स्काइलर बाडियो न्यूयोर्क एफसीमा कलेज डिग्रीको प्रशिक्षण स्टाफको काममा पुर्व बार्सिलोना र स्पेन स्ट्राइकरको सम्पर्कमा पुगिन।

२०१४ देखि २०१८ सम्म डेविड भिल्ला न्यूयोर्क एफसीमा थिए र सो समय स्काइलर बर्सकी थिइन र त्यो बेला डेविड भिल्लाले उनि माथि यौन दुर्व्यवहार गरेको स्काइलरले दाबी गरिन।

भिल्लाका प्रवक्ताले एथलेटिकलाई सो आरोपहरु “असत्य” रहेको बताए। क्लबले हाल सो परे आधिकारिक बयान जारी गरेको छ र “भविष्यमा त्यस्तो व्यवहार नहुने सुनिश्चित गर्नका लागि संस्था भित्र परिवर्तनहरूको श्रृंखला लागू गर्ने” क्लबले बताए।