“डेम्बेले विश्वकै उत्कृष्ट हुन सक्छन्”

ला लिगा क्लब बार्सिलोनाका नयाँ कोच जाभी हर्नान्डेज आफ्नो स्टार खेलाडी डेम्बेलेको प्रशंसा गरेका छन् भने र आफ्नो पोजिसनमा डेम्बेले विश्वकै उत्कृष्ट हुन सक्ने जाभीले दाबी गरेका छन्।

जाभीले बार्सिलोनाको व्यवस्थापकीय जिम्मेवारी लिएपछि डेम्बेले सँग सम्झौता विस्तार गर्ने जाभीको शीर्ष प्राथमिकताहरू मध्ये एक हुने खबर छ।

२०१७मा बार्साले डेम्बेलेलाई €२२२ मिलियनमा साइन गरेको थियो तर बार्सामा उनी चोटबाट सङ्घर्ष गर्दै छन् तर २४ वर्षका स्टार माथि जाभीले आफ्नो विश्वास देखाएका छन् र उनी सँग सम्झौता विस्तार गर्न जाभी इच्छुक रहेका छन्।

“मेरो लागि, डेम्बेले, उनको आफ्नो पोजिसन विश्वको सर्वश्रेष्ठ खेलाडी हुन सक्छन्।

“तर उनले यसको लागि कडा मेहनत गर्नु पर्छ र हामीले उनी सँग यसको माग गर्नुपर्छ। यो उनीमा निर्भर गर्दछ, उनको मानसिकतामा, उनी चोटबाट मुक्त भएको बेला उच्च स्तरमा प्रदर्शन गर्नु पर्छ ।

“उनी सँग सम्झौता नवीकरण मेरो लागि प्राथमिकता हो।”