डेम्बेले फेरी पनि चोटग्रसित

बार्सिलोनाका स्टार विंगर फेरी पनि चोटग्रसित भएका छन्।  उनको दायाँ खुट्टामा ह्यामस्ट्रिंगको मांसपेशीमा चोट भएको बार्सिलोनाले पुष्टि गरेको छ।

फ्रान्सेली विंगर सोमबार प्रशिक्षणको क्रममा चोटग्रसित भएका थिए, तर क्लबले मंगलबार मात्र उनको चोटको बारे पुष्टि गरे।

२२ बर्षेका स्तर पछिल्लो १० हप्ता देखि ह्यामस्ट्रिंगको कारण मैदान बाहिर रहेको थिए र उनि निको हुने क्रममा थिए।

केहि हप्ताहरूमा उनको रिकभरी राम्रो भए पछि उनले प्रशिक्षण सुरु गरेका थिए। तर फेरी पनि डेम्बेले फेरी पनि प्रशिक्षणको क्रममा चोटग्रसित भएका छन्।

बार्सिलोनाले डेम्बेलेको चोटबारे मंगलवार ट्वीट गर्दै एक बयान जारी गरे र उनको चोटको कुरा पुष्टि गरे। खबर छ कि उनले यो सिजन गुमाउने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ